ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जलजलामा सरसफाइ परियोजना

२०७८ बैशाख, १६  
गण्डकी प्रदेश
NA

पर्वत (अस) । पर्वतको जलजला गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटी पर्वत शाखाले इन्टरनेसनल युथ को–अपरेसन परियोजना सुरु गर्ने भएको छ । जापानी रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा जलजला गाउँपालिकाका ५ वटा वडामा कार्यक्रम सुरु गरिने भएको हो ।

परियोजनाले व्यक्तिगत सफाइ, वातावरणीय सरसफाइ र स्वच्छ खानेपानी क्षेत्रमा काम गर्नेछ । विशेषगरी विद्यालय र समुदायमा कार्यक्रम कार्यान्वयन हुने रेडक्रस पर्वतले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी पर्वतका सभापति रुद्रबहादुर रिमालले कार्यक्रम जलजला गाउँपालिका–२, ३, ४, ७ र ८ मा लागू गर्न थालिएको बताए ।

उक्त परियोजना पर्वतमा यसअघि मोदी गाउँपालिकामा सञ्चालनमा रहेको उनले बताए । मोदी गाउँपालिका २४ वटा विद्यालय र समुदायमा सञ्चालन गरिएको कार्यक्रमले सररसफाइ क्षेत्रमा धेरै खाले परिवर्तन आएको स्थानीयले बताउँदै आएका छन् । कार्यक्रम अवधिभर ३ वर्षमा १ करोड रुपैयाँ बजेट खर्चिने अख्तियारी छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्