ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सांग्रिला डेभलपमेन्ट बैंकलाई डिबेन्चर निष्कासनको अनुमति

२०७८ बैशाख, १६  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले डिबेन्चर निष्कासनको अनुमति दिएको छ ।

बैंकले १० वर्ष अवधिको ७५ करोड ऋण पुँजी रकम बराबरको ऋणपत्र ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७ को निसकासनका लागि बोर्डबाट अनुमति पाएको हो ।

योसँगै बैंकले वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रतिडिबेञ्चर (कित्ता) रु. १,००० अंकित मूल्यका ७ लाख ५० हजार युनिट डिबेञ्चर निसकासनको तयारी गरेको छ ।

७५ करोड बराबरको ऋणपत्रमध्ये ४ लाख ५० हजार कित्ता ऋणपत्रले हुन आउने कुल ४५ करोड बराबरका कित्ता व्यक्ति लगानीकर्तालाई बेचिनेछ ।

३ लाख कित्ता ऋणपत्रले हुन आउने कुल ३० करोड बराबरको ऋणपत्र (१५,००० कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याएको समेत) सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ ।

ऋणपत्र बिक्री खुलासम्बन्धी प्रक्रिया बैंकले जेठभित्र अगाडि बढाउनेछ । बैंकको ऋणपत्र निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

नागरिक लगानी कोषसँग यसअघि नै प्रत्याभूतसम्बन्धी सम्झौतासमेत भइसकेको छ । बैंकले हाल ९५ शाखा र ३१ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्