ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आकस्मिक टेलिफोन नम्बरसहितको एम्बुलेन्स

२०७८ बैशाख, १६  
१० वर्ष अघि
NA

उपत्यकामा एकैपटक १० नयाँ एम्बुलेन्स सञ्चालनमा आउने भएका छन् । सामुदायिक एम्बुलेन्सलाई नेपाल एम्बुलेन्स सेवाले सञ्चालन गर्न लागेको हो । एम्बुलेन्सको निःशुल्क आकस्मिक टेलिफोन नम्बर १०२ हुनेछ । निजी क्षेत्र र सामुदायिक सक्रियतामा स्थापित एम्बुलेन्सको उपत्यकामा १० मुख्य स्थानबाट सेवा सुरु हुनेछ । निःशुल्क टेलिफोन नम्बरसहितको एम्बुलेन्स सेवा नेपालको पहिलो हो ।

एम्बुलेन्सहरूमा बीएलएस अर्थात् आधारभूत जीवन रक्षाको सुविधा रहनेछ । आकस्मिक चिकित्सा प्राविधिक पारामेडिकसहितका एम्बुलेन्सहरूले प्रिहस्पिटल केयरका रूपमा काम गर्नेछन् । ‘सेवा अक्टोबरभित्र सञ्चालनमा ल्याइसक्नेछौं’ सेवाका बोर्ड निर्देशक तथा प्रिज्मा एडभरटाइजिङका अधिकृत रञ्जित आचार्यले भने । स्टानफोर्ड युनिभिर्सिटी मेडिकल स्कुलसँगको प्राविधिक सहकार्यमा एम्बुलेन्स सञ्चालन गर्न लागिएको आचार्यले बताए ।

व्यक्तिगत र संस्थागत सहयोगमा एम्बुलेन्स खरिद हुनेछन् निर्देशक आचार्यले भने, ‘दसमध्ये नौ एम्बुलेन्स किनिदिने दाता भेट्टाइुसकेका छौं ।’ उनका अनुसार ओम राजभण्डारी, पवन अग्रवाल, शेखर गोल्छा, मीनबहादुर गुरुङ, डा. सुरज शाक्य, अन्नपूर्ण ट्राभल्स, एस डेभलेपमेन्ट बैंक र बोटलर्स नेपालले एकएक वटा एम्बुलेन्स सहयोग गर्ने भएका छन् ।  

वर्ष ५, अंक ४१, २०६७, जेठ ३१–असार ६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्