ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सानिमा जनरल इन्स्योरेन्सको साधारण सभा जेठ ११ गते 

२०७८ बैशाख, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १६, काठमाडौं । यसै वर्ष सर्वसाधारणलाई आईपीओ जारी गरेको सानिमा जनरल इन्स्योरेन्सले जेठ ११ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । 

आम्रपाली ब्याङ्क्वेट भाटभटेनी, काठमाडौंमा विहान १० : ३० बजे सभा बोलाइएको हो । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालक निर्वाचन गर्ने हुँदा भौतिक उपस्थितिमै सभा हुनेछ । 

भर्चुअल माध्यमबाट सभामा भाग लिन चाहने सम्बन्धित सदस्यहरुलाई भिडियो कन्फ्रेन्समार्फत सभाभा सहभागी हुने व्यवस्था मिलाउने कम्पनीले जानकारी दिएको छ ।

सञ्चालक निर्वाचनसँगै गत आर्थिक वर्ष ०७६/ ७७ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि सभाले अन्तिम रुप दिनेछ । 

यसवर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख २९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा बैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन योग्य हुनेछन् । 

उक्त कम्पनीले गत असोज २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरी असोज ३० गते बाँडफाँट गरेको थियो । कात्तिक १८ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीको शेयर कारोबार कात्तिक १९ गतेदेखि भएको हो ।

आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब कायम भएको छ । उक्त कम्पनीमा संस्थापकतर्फ रू. ७० करोड र सर्वसाधारणतर्फ रू. ३० करोड बराबरको शेयर स्वामित्व रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्