ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

२ अर्बभन्दा बढी कर्जा प्रवाह गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा ५८ करोडभन्दा बढी  

२०७८ बैशाख, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १६, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ५८ करोड ९२ लाख ८९ हजार खुद नाफा गरेको छ । 

यो नाफा गत वर्षको यसै अवधिसम्म रू. ५८ करोड २० लाख ७० हजार थियो । गत वर्षभन्दा यसवर्ष कम्पनीको नाफा १ दशमलव २४ प्रतिशत बढेको हो ।

बिहीवार सार्वजनिक कम्पनीको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार वितरणयोग्य नाफा भने रू. ४६ करोड ३२ लाख ५६ हजार रहेको छ । गत वर्षभन्दा शून्य दशमलव ६१ प्रतिशत बढी अर्थात् रू. ८३ करोड ५५ लाख ३९ हजार सञ्चालन नाफा गरेको कम्पनीको कुल सञ्चालन आम्दानी १ दशमलव शून्य ३ प्रतिशत बढी अर्थात् रू. ९३ करोड ७२ लाख १ हजार भएको छ ।

उक्त कम्पनीले सर्वसाधारणमा गत माघ २ देखि ६ गतेसम्म आईपीओ विक्री गरी माघ १६ गते बाँडफाँट गरेको थियो । माघ २९ गते बिहीवार धितोपत्र दोस्रो बजारमा २० करोड कित्ता शेयर सूचीकृत गराएको कम्पनीको फागुन २ गतेदेखि दोस्रो बजारमा शेयर कारोबार सुरु भएको हो ।

संस्थापकतर्फ १२ करोड कित्ता र सर्वसाधारणतर्फ ८ करोड कित्ता गरी कम्पनीको २० करोड कित्ता शेयर दोस्रो बजारमा सूचीकृत रहेको हो । तेस्रो त्रैमाससम्म कम्पनीको अन्य विभिन्न कोष सहित जगेडा कोष रकम गत वर्षभन्दा ४५ दशमलव ९२ प्रतिशत बढी अर्थात् रू. २ अर्ब १५ करोड ३६ लाख ३७ हजार रहेको छ ।

यस अवधिसम्म कम्पनीले गत वर्षभन्दा २३ दशमलव ७९ प्रतिशत बढी रू. ३० करोड ९४ लाख ६५ हजार निक्षेप संकलन गरेको छ भने २७६ दशमलव ६३ प्रतिशत बढी अर्थात् रू. २ अर्ब १९ करोड ५६ लाख ३८ हजार कर्जा प्रवाह गरेको छ । 

गत वर्ष यो अवधिसम्म कम्पनीले रू. २५ करोड निक्षेप संकलन गरेको थियो भने रू. ५८ करोड २९ लाख ६२ हजार कर्जा प्रवाह गरेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव शून्य २ र प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव ७७ रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्