ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सांग्रिला डेभलपमेण्ट बैंकलाई ७५ करोड रूपैयाँ बराबरको ऋणपत्र विक्री गर्न धितोपत्र बोर्डले दियो अनुमति 

२०७८ बैशाख, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १६, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडलाई रू. ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र विक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । 

बोर्डले उक्त कम्पनीलाई उक्त ऋणपत्र विक्री गर्न वैशाख ६ गतेनै अनुमति दिएको हो । 

कुल कित्तामध्ये कम्पनीले रू. ३० करोड बराबरको ३ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत विक्री गर्नेछ भने रू. ४५ करोड बराबरको ४ लाख ५० हजार कित्ता भने विभिन्न संघ संस्थाहरुलाई परिपत्र विधिबाट विक्री गर्नेछ । 

१० वर्षे अवधिको यो ऋणपत्रको वार्षिक ब्याजदर ९ प्रतिशत रहेको छ । सांग्रिला डेभलपमेण्ट बैंक डिबेञ्चर २०८७ नामको यो ऋणपत्रको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्