ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नारायणी डेभलपमेण्ट बैंक ५२ लाखभन्दा बढी खुद नोक्सानीमा 

२०७८ बैशाख, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १६, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नारायणी डेभलपमेण्ट बैंक रू. ५२ लाख ५४ हजार खुद नोक्सानीमा रहेको छ । 

गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नोक्सानी रकम बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनी रू. १० लाख ९९ हजार खुद नोक्सानीमा रहेको थियो । 

रू. ५७ लाख ९१ हजार सञ्चालन नोक्सानीमा रहेको कम्पनीको खुद ब्याज आम्दानी पनि रू. ७ लाख ८५ हजार ऋणात्मक रहेको छ । गतवर्ष यस अवधिसम्म कम्पनीले रू. १४ लाख ५० हजार खुद ब्याज आम्दानी गरेको थियो । 

यस वर्ष शत प्रतिशत हकप्रद शेयरमार्फत चुक्तापूँजी वृद्धि गरी रू. १३ करोड १२ लाख ४५ हजार पुर्‍याएको कम्पनीको जगेडा कोष रकम रू. १२ करोड ६० लाख रहेको छ । यस अवधिसम्म कम्पनीको रिटर्न अर्निङ भने रू. २१ करोड २७ लाख ५८ हजार ऋणात्मक रहेको छ ।

गत वर्षभन्दा २६५ दशमलव ३६ प्रतिशत बढी रू. ९ करोड ४४ लाख ३७ हजार निक्षेप संकलन गरेको कम्पनीले गत वर्षभन्दा ७९४ दशमलव ७९ प्रतिशत बढी रू. २ करोड ६७ लाख ८१ हजार कर्जा प्रवाह गरेको छ । 

गत वर्ष शतप्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात भने यो वर्ष २५ दशमलव ९ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी पनि रू. ४ ऋणात्मक रहेको छ । यो अवधिसम्म प्रतिशेयर नेटवर्थ रू. ३६ दशमलव १५ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्