ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिंगटी हाइड्रो र महिला लघुवित्तको शेयरमूल्य १०% का दरले बढ्यो

२०७८ बैशाख, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १६, काठमाडौं । बिहीवार सिंगटी हाइड्रो इनर्जी लिमिटेड र महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । 

सिंगटी हाइड्रोको शेयरमूल्य प्रतिकित्ता रू. ३६३ पुगेको छ भने महिला लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार १२५ पुगेको हो । यी दुवै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो । 

सिगंटी हाइड्रोको शेयर वैशाख १५ गते (बुधवार)देखि कारोबारमा आएको हो । कम्पनीले नेप्सेमा पहिलो कारोबारको लागि ओपन रेञ्ज रू. १०० देखि ३०० सम्म तोकेको छ । 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । त्यसैगरी महिला लघुवित्तको शेयर कारोबारमा आएकै दिनदेखि उच्च दरले वृद्धि भएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्