ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोना संक्रमण बढेपछि पर्सामा आजदेखि निषेधाज्ञा 

२०७८ बैशाख, १६  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १६, वीरगञ्ज । कोरोना संक्रमण बढेपछि भारतीय सिमानासित जोडिको पर्सामा स्थानीय प्रशासनले बिहीवारदेखि निषेधाज्ञा लगाएको छ । 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको हो । केन्द्रको गत मंगलवारको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

बिहीवार बिहान ४ बजेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए । 

संक्रामक रोग ऐन २०२० ले दिएको अधिकार प्रयोग गरी अत्यावश्यकीय सेवाबाहेक सबै प्रकारका सेवा, व्यवसाय र आवागमनलाई रोक लगाइएको  छ । 

खाद्य वस्तु, औषधी र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसायबाहेक अन्य सबै पसल बन्द गरिएको छ । खाद्य वस्तुका पसल र व्यवसायहरू स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर बिहान १० बजेसम्ममात्र खोल्न दिइएको प्रशासनले बताएको छ । 

अत्यावश्यक सेवा र क्षेत्र भने सञ्चालनमा छन् । मालबाहक सवारी, सुरक्षा र स्वास्थ्य सेवा र सम्बद्ध कर्मचारीहरूले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन र फोहोर मैला व्यवस्थापनका साधन चल्न दिइएको छ । 

खाद्यान्न, फलफूल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दूधजन्य पदार्थ, पशुपंछीको दानालगायत ढुवानीका सवारी साधन, आईसोलेशन व्यवस्थापनमा प्रयोग हुने सवारी साधन पनि चल्न पाउने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत भीमकान्त पौडेलले बताए । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्