ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै सिभिल लघुवित्तको नाफा २७९ % बढ्यो

२०७८ बैशाख, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १६, काठमाडौं ।  सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २७९ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. १ करोड २६ लाख ८५ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४ करोड ८१ लाख ८५ हजार पुगेको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले खुद नाफामा वृद्धि भएको हो । 

अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९७ प्रतिशत र सञ्चालन नाफा २२९ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ५७ लाख ६० हजार खराब कर्जा उठाउन कम्पनी ब्यवस्थापन सफल भएकाले पनि नाफामा बढ्न टेवा पुगेको हो । 
चुक्तापूँजी रू. २३ करोड ३९ लाख ३४ हजार रहेको कम्पनीले जगेडामा रू. ११ करोड २८ लाख सञ्चित गरेको छ ।

चालू आवको तेस्रो त्रैमाससम्माम कम्पनीले रू. १ अर्ब २८ करोड ९६ लाख सापटि लिएर रू. ५७ करोड ४६ लाख ७५ हजार निक्षेप संकलन गरेर रू.२ अर्ब २१ करोड ६ लाख कर्जा लगानी गरेको छ ।

सो अवधि सम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. २७ दशमलव ४६, मूल्य आम्दानी अनुपात ७९ र प्रतिशेयर नेटवर्थ रू. १४७ दशमलव ७१ पुगेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्