ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बिहीवार तोलामा ३०० ले बढ्यो सुनको मूल्य 

२०७८ बैशाख, १६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १६, काठमाडौं । बिहीवार नेपाली बजारमा पनि सुनको मूल्य उकालो लागेको छ । स्थानिय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू. ७०० ले घटेको सुनको भाउ बिहीवार रू. ३०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९० हजार ८०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ५०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. ३०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ३०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९० हजारमा कारोबार भएको थियो । 

यस्तै, बिहीवार चाँदीको मूल्य पनि बढेको छ । बुधवार प्रतितोला रू. १ हजार ३०५ मा कारोबार भएको चाँदी बिहीवार प्रतितोला रू. १ हजार ३१५ खरीदविक्री भइरहेको छ । बुधवारको तुलनामा बिहीवार चाँदी रू. १० ले बढेको हो ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्