ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वीरगञ्जका कोरोना संक्रमितलाई घरघरमै नि:शुल्क औषधी*

२०७८ बैशाख, १६  
प्रदेश ०२
Image Not Found
संक्रमितलाई औषधी वितरण गर्दै नगरप्रमुख विजयकुमार सरावगी
author avatar अभियान संवाददाता

वैशाख १६, वीरगञ्ज  । वीरगञ्ज महानगरपालिकाले कोरोना संक्रमितका लागि घरघरमै सहयोगी औषधी निःशुल्क वितरण गरेको छ ।
 कोरोना संक्रमितलाई लक्षणअनुसार चलाइने सहयोगी औषधी प्रदान गरिएको महानगरका नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए । 

महानगरले पेन्टा डीएसआर, डोलोपार, एजिमिन, सिट्रोन, भिटाजिनलगायतका आठ प्रकारका औषधि उपलब्ध गराएको छ । यी औषधी संक्रमितले आफूमा देखिएको लक्षणका आधारमा प्रयोग गर्ने महानगरले बताएको छ । संक्रमितलाई औषधीको प्रयोग विधि र मात्रासमेत उपलब्ध गराइएको छ ।

वीरगञ्जमा केही दिनदेखि कोरोना संक्रमित ह्वात्तै बढेर उपचारमा समस्या भएपछि आआफ्नो घरमा आईशोलेसनमा बसेकाहरूलाई महानगरले औषधी पुर्‍याइएको हो ।

संक्रमितलाई अस्पताल पुर्‍याउन वीरगञ्ज महानगरले एम्बुलेन्स सेवासमेत निःशुल्क उपलब्ध गराएको छ । महानगरले यसअघि नै अक्सिजन बैंक स्थापना गरी अक्सिजन वितरण गरिरहेको छ । 

होम आइसोलेशनमा बसेका संक्रमितलाई औषधी बितरण शुरू गरिएको प्रमुख सरावगीले बताए । नगर प्रमुख सरावगीले संक्रमितलाई औषधी वितरण गरेर यसको शुरूआत गरेका छन् । घरमा बसेका संक्रमितहरूको उपचार सहज बनाउन घरघरमै औषधी वितरण गरिएको सरावगीले बताए । 

‘८ प्रकारका औषधि निःशुल्क वितरण गरिएको छ । अस्पताल जानुपर्नेलाई एक्बुलेन्स सेवा, अस्पतालमा बेड नपाएकालाई घरमै औषधी र अक्सिजन पुर्‍याइएको छ,’ प्रमुख सरावगीले भने । 

वीरगञ्जमा मात्रै ५०० भन्दा बढी संक्रमित होम आईसोलेशनमा छन् । संक्रमित बढेपछि अस्पतालमा उपचार अहसज बनेको छ ।

*पुन :अद्यावधिक गरिएको

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्