ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बैंकर्स संघले भन्यो : निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुन्छन्        

२०७८ बैशाख, १६  
समाचार
Image Not Found

वैशाख १६, काठमाडौं । काठमाडौं उपत्यकाका तीन ओटा जिल्लामा बिहीवारदेखि लागू भएको निषेधाज्ञाका समयमा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन् ।

नेपाल बैंकर्स संघले निषेधाज्ञाको समयमा बैंकका सबै शाखाहरू खुला हुने बताएको छ । संघले विज्ञप्तीमार्फत बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालयहरू नियमित सञ्चालन हुने बताएको हो । सबै शाखा कार्यालय खुला भए पनि निषेधाज्ञाको अवधिमा ग्राहकहरूलाई अत्याअवाश्यक अवस्थामा बाहेक बैंक नआउन पनि आग्रह गरेको छ ।     
     
 बैंकका सबै शाखामा ग्राहकको भिडभाड बढी हुने हुँदा भिडकम गर्नका लागि ग्राहकलाई अनुरोध गरिएको सङ्घका अध्यक्ष भुवन दाहालले जानकारी दिए । उनले नगद (नोट) कारोबारभन्दा बढी अनलाइनमार्फत कारोबार गर्न आग्रह गरेका छन्।     
     
 संघले निषेधाज्ञाको समयमा बैंकका शाखा तथा एटीएम बुथहरू खुला रहने भन्दै इन्टरनेटरमोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राविधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन सम्पर्क गर्नसमेत आग्रह गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्