ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साताको अन्तिम कारोबार दिन पहिलो घण्टामा ०.२२% ले बढ्यो नेप्से (१२ बजेको अपडेट)

२०७८ बैशाख, १६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १६, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ५ दशमलव ७७ अंकले बढेर २ हजार ५९१ दशमलव शून्य ४ विन्दुमा पुगेको छ ।   

२ हजार ६०१ दशमलव २१ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव २२ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा २०० ओटा कम्पनीको ८ हजार २८९ पटकको कारोबारमा १३ लाख ६६ हजार ८०९ कित्ता शेयरको रू. ६२ करोड ७९ लाख ८२ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा महिला लघुवित्त, सिंगटी हाइड्रोको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै, विशाल बजार कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ । 

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा र लगानी समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ५ करोड ४४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ४९० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्