ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

९ महीनामा नेपाल फाइनान्सको खुद नाफा ३५ लाख, प्रतिशेयर आम्दानी रू. २.११

२०७८ बैशाख, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १६, काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ३५ लाख नाफा कमाएको छ ।

यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ८८ प्रतिशतले कमि आएको हो । कम्पनीले सो अवधिमा रू. ३ करोड १२ लाख नाफा कमाएको  थियो । 
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफाघटेकाले नाफा घट्न पुगेको हो । 

गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको तेस्रो त्रैमासमा खुद ब्याज आम्दानी ४८ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा रू. ४४ लाख ८९ हजार ऋणात्मक रहेको छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा उच्च गिरावट आएको छ ।गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १८ दशलमव ८७ रहेकोमा चालू आवको सोही अवधिमा रू. २ दशमलव ११ मा सीमित भएको हो ।

चुक्तापूँजी रू.३० करोड ५५ लाख रहेको उक्त कम्पनीले  जगेडा कोषमा रू. २६ करोड ४० लाख सञ्चित गरेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्