ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

०.५१% ले बढेको बजारमा महिला लघुवित्त र सिंगटी हाइड्रोको शेयरमूल्य १०% ले वृद्धि (१ बजेको अपडेट)

२०७८ बैशाख, १६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १६, काठमाडौं । बिहीवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १३ दशमलव २४ अंकले बढेर २ हजार ५९८ दशमलव ५२ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ५१ प्रतिशतले बढेको हो ।  

दोस्रो घण्टाको अवधिमा २११ ओटा कम्पनीको रू. १ अर्ब ४२ करोड ३३ लाख १३ हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा महिला लघुवित्त, सिंगटी हाइड्रोको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै, विशाल बजार कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ । 

यस अवधिसम्म हिमालयन पावर पार्टनरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १३ करोड ४१ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ४१३ मा कारोबार भइरहेको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड र लगानी समूहको परिसूचक शून्य दशमलव ३६ र शून्य दशमलव ३२ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स तथा पर्यटन, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्