ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

२०७८ बैशाख, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १६, काठमाडौं । प्रडेन्सियल इन्स्योरेन्स कम्पनीको लाभांश आज (बिहीवार) सम्म कायम शेयरधनीले पाउने भएका छन् । 

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म बुक क्लोज गर्ने भएकाले बिहीवारसम्म कायम शेयरधनीले लाभांश पाउने भएका हुन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले जेठ २ गते होटेल इच्छा, बारा, सिमरामा साधारण सभा गर्ने भएको छ । साथै सभाले संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व ५१:४९ कायम गर्ने प्रस्ताव पारित गर्नेछ । 

हाल कम्पनीको शेयर संरचना संस्थापकतर्फको ६० प्रतिशत छ भने सर्वसाधारण तर्फको ४० प्रतिशत रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्