ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिर्जना फाइनान्सको शेयर स्वामित्व संरचना परिवर्तन हुने 

२०७८ बैशाख, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १६, काठमाडौं । सिर्जना फाइनान्सको शेयर स्वामित्व संरचना परिवर्तन हुने भएको छ । 

कम्पनीले हाल कायम शेयर संरचना ५२ प्रतिशत संस्थापक र सर्वसाधारणको ४८ प्रतिशत रहेकोमा संस्थापक शेयर स्वामित्व ५१ प्रतिशत कायम रहने गरी परिवर्तन गर्न लागेको हो ।

 संस्थापक शेयर स्वामित्व ५१ प्रतिशत रहने गरी बाँकी शेयर सर्वसाधारण शेयर सरह दोस्रो बजारमा कारोबार गर्न सकिने भएकाले वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक समक्ष स्वीकृती लागि पठाउने निर्णय गरेको छ ।

संस्थापक शेयरधनीहरुले आफनो नाममा कायम शेयर मध्ये ५१ प्रतिशत शेयर कायम रहनेगरी आवश्यक अनुपात अनुरुप सर्वसाधारण शेयरमा परिणत गर्ने सहमतिको स्वघोषणा वा सर्वसाधारण समूहमा परिणत गर्ने वा नगर्ने भएमा जानकारी गराउन कम्पनीले भनेको छ । 

 सूचना प्रकाशित भएको १५ दिनभित्र  सर्वसाधारण शेयरमा परिणत गर्ने वा नगर्ने भएमा सोही अनुसारको जानकारी गराउन पनि कम्पनीले भनेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्