ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साताको अन्तिम कारोबार दिन १ % बढ्यो नेप्से, सर्वाधिक कारोबार एनसीसी बैंकको

२०७८ बैशाख, १६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १६, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १ प्रतिशत बढेको छ ।

 यो दिन २५ दशमलव ८२ अंक बढेर नेप्से परिसूचक २ हजार ६११ दशमलव १० विन्दुमा पुगेर बन्द भएको हो । बुधवार १३ दशमल ७९ अंकले घटेर २ हजार ५८५ दशमलव २८ विन्दुमा बन्द भएको बजार बिहीवार २ हजार ६०१ दशमलव २१ विन्दुदेखि खुला भएको हो ।

यसदिन २ हजार ५९८ विन्दुसम्म बजार झरेको थियो ।उपत्यकामा जारी निषेधाज्ञाका कारण शेयर कारोबारका लागि अनलाईन कारोबार प्रणाली अनिवार्य गरिएको छ । बजार सम्बद्ध निकायहरुले अनलाईन कारोबार र रकम भुक्तानी गर्न नसक्ने लगानीकर्ताहरुलाई कारोबार नगर्नसमेत आग्रह गरेका छन् । 

बिहीवार रू. ४ अर्ब ३५ करोड ७० लाख १९ हजार बराबरको ९८ लाख १८ हजार ४६ कित्ता शेयर कारोबार भएको छ । २१७ ओटा कम्पनीको ५० हजार ६७३ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो । बुधवारको तुलनामा यसदिन कारोबार रकम बढी भएको हो । 

बुधवार रू. ३ अर्ब ९९ करोड ४ लाख ३१ हजार बराबरको ८९ करोड ६५ लाख ५८८ कित्ता शेयर कारोबार भएको थियो । यो दिन कुल कारोबारमा सर्वाधिक रकमको हिस्सा एनसीसी बैंकले ओगटेको छ ।

उक्त कम्पनीको  रू. ३० करोड ९६ लाख ९४ हजार बराबरको शेयर कारोबर भएको हो । सर्वाधिक रकमको कारोबार भएको यो दिन एनसीसी बैंकको शेयरमूल्य प्रतिकित्ता रू. १२ ले बढेर अन्तिम मूल्य रू. ३५२ कायम भएको छ ।

यसदिन होटल्स तथा पर्यटन समूह र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । यो दिन व्यापारिक समूहको परिसूचक सर्वाधिक ३ दशमलव ४८ प्रतिशत बढेको छ भने जलविद्युत् समूहको ३ दशमलव ४८ प्रतिशत बढेको छ । 

त्यस्तै, बैंकिङ्गको शून्य दशमलव ४३ प्रतिशत, विकास बैंकको शून्य दशमलव ९८ प्रतिशत, वित्तको शून्य दशमलव ४२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ९८ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ८४ प्रतिशत बढेको छ । यसैगरी अन्यको २ दशमलव ५४ प्रतिशत, लघुवित्तको शून्य दशमलव ८६ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ८५ प्रतिशत र म्युुचुअल फण्डको शून्य दशमलव शून्य ९ प्रतिशत परिसूचक बढेको छ ।

बिहीवार महिला लघुवित्त वित्तीय संस्था र सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमूल्य १० प्रतिशत बढेको छ भने विशाल बजार कम्पनीको ९ दशमलव ९९ प्रतिशत बढेको छ । महिला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता रू. २८४ ले बढेर अन्तिम मूल्य रू. ३ हजार १२५ र सिंगटी हाइड्रो इनर्जीको प्रतिकित्ता रू. ३३ ले बढेर अन्तिम मूल्य रू. ३६३ पुगेको हो ।

सिंगटी हाइड्रो इनर्जीको बिहीवार धितोपत्र बजारमा दोस्रो कारोबार दिन रहेको छ । पहिलो कारोबार दिन ७ दशमलव ८४ प्रतिशत बढेको उक्त कम्पनीको शेयरमूल्य बिहीवार उच्च दरमा बढेको हो ।

यसदिन श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको २ दशमलव ८२ प्रतिशत र नेपाल हाइड्रो डेभलोपरको शेयरमूल्य २ दशमलव ३० प्रतिशत घटेको छ । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको प्रतिकित्ता रू. ७ ले घटेर अन्तिम मूल्य रू. २४१ र नेपाल हाइड्रो डेभलोपरको प्रतिकित्ता रू. ८ ले घटेर अन्तिम मूल्य रू. ३४० कायम भएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्