ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुनसरीमा शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी

२०७८ बैशाख, १६  
प्रदेश ०१
Image Not Found

वैशाख १६, धरान । जिल्लामा कोरोना संक्रमित बढेपछि सुनसरी प्रशासनले निषेधाज्ञा लगाउने भएको छ । 

सुनसरी जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सुनसरी क्षेत्रभित्र शुक्रवार १२ बजे रातिदेखि यही २४ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको कार्यालयका सूचना अधिकारी महेशकुमार पोख्रेलले जानकारी दिए ।

उक्त अवधिमा अत्यावश्यकबाहेक हिँडडुल र सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

सर्वसाधारणलाई कतै ननिस्की घर बस्ने आदेश जारी गरिएको छ भने सरकारी कार्यालयहरुमाथिको निर्देशन आलोपालो गरेर सेवा प्रभाव गर्न भनिएको छ ।

सवारी साधन जोरविजोर प्रमाणीमा मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासनले जानकारी दिएको छ । यता खाद्यान्नका पसलहरु बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र खोल्न दिइने छ । 

सिमानाबाट संक्रमण आउने खतरा टार्न जिल्लाको भण्टाबारी नाकाबाट विदेशी नागरिकलाई प्रवेश निषेध गरिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्