ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अनावश्यक सञ्चय नगरौं

२०७८ बैशाख, १७  
पाठक विचार
NA

सरकारले निषेधाज्ञा जारी गरेसँगै उपभोग्य वस्तु खरीदमा मान्छेहरूको होडबाजी देखिएको छ । केही दिनका लागि सामान स्टकमा राख्नु राम्रै हो तर महीनांै दिनलाई पुग्ने गरी सामान थुपार्नु आवश्यक छैन । त्यस्तै अहिले मानिसहरूले घरमा भएका अक्सिजन सिलिन्डर पनि स्टकमा राखेका छन् । कोही बिरामी हुनेबित्तिकै अक्सिजन चाहिन्छ भन्ने छैन, डाक्टरको सुझावविना यसको प्रयोगले हानि गर्न सक्छ । यस्तोमा सिलिन्डर फिर्ता गर्दा अत्यावश्यक भएका बिरामीले पाउँछन् । अक्सिजन अभाव भएर बिरामी मरेको खबर नेपालमा आएको छैन । भारतमा त्यस्तो देखिएको हुँदा नेपालमा पनि यस्तै हुन सक्छ भन्ने आशंका छ । त्यसैले सिलिन्डर अनावश्यक रूपमा घरमा नथुपारे अरू बिरामीको ज्यान बच्न सक्छ ।

अनावश्यक रूपमा दैनिक उपभोग्य वस्तु सञ्चित तथा भण्डारण गर्न जरुरी छैन । कोरोना भाइरसको जोखिम बढेसँगै संकटका बेला अनावश्यक सञ्चिति गर्ने र मूल्यवृद्धि गर्ने बानी नेपालीमा छ । यसो गर्नु हुँदैन ।

सरकार, निजीक्षेत्रसहित सबैको अहिलेको प्रमुख दायित्व संक्रमणलाई पैmलिन नदिनु हो । सबैले आआफ्नो ठाउँबाट कोरोना भाइरसको जोखिम कम गर्नेतर्फ लाग्नुपर्छ ।

निषेधाज्ञाका समयमा आमजनताको दैनिक जीवनयापन सहज बनाउन, दैनिक आवश्यकता पूरा गर्न, अत्यावश्यक खाद्यान्नलगायत स्वास्थ्य सामग्रीको बजारमा सहज आपूर्ति गर्न व्यापारीहरूको भूमिका हुन्छ । यो उनीहरूको दायित्व पनि हो ।

सुमन महर्जन
नयाँबजार, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्