ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अक्सिजन सिलिन्डर आयातमा कर छूट

२०७८ बैशाख, १७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्रीको आयातमा पूर्ण कर छूट दिने बताएको छ । गत सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री आयातमा भन्सार छूट दिने निर्णय गरेको थियो ।

उक्त निर्णयलाई कार्यान्वयन गर्दै मन्त्रालयले स्वास्थ्य सामग्री आयातमा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क करसमेत छूट दिने बताएको हो । मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाका अनुसार अक्सिजन सिलिन्डर, मेडिकल अक्सिजन, आईसीयू बेड, अक्सिजन सिलिन्डर ढुवानीका साधन, ब्लड ग्यास एनालाइजर, सिरिन्ज पम्प, भेन्टिलेटरमा प्रयोग हुने हेल्मेटलगायत सामग्रीको आयातमा कर छूट दिने निर्णय गरिएको हो । कोरोनाका बिरामीको शरीरमा अक्सिजनको मात्रा घटेपछि अक्सिजनको सहायताले उपचार गर्ने गरिन्छ ।

नेपालमा अक्सिजन उत्पादन हुने भए पनि सिलिन्डर भने नेपालमा बन्दैन । अक्सिजन उत्पादक व्यवसायीहरूले सिलिन्डरको अभाव रहेको बताएपछि सरकारले अक्सिजन सिलिन्डरसहित अत्यावश्यक स्वास्थ्य सामग्री आयात बढाउन कर छूट दिने निर्णय गरेको हो ।

एकै दिन ३५ को मृत्यु
नेपालमा कोरोना संक्रमण र यसका कारण हुने मृत्युदर क्रमशः बढ्दै गएको छ । बिहीवार एकै दिन २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । यो नेपालमा कोरोना शुरू भएयताकै उच्च संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा मृत्यु भएका २६ सहित २५ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ । बिहीवार कुल १३ हजार ५६० को पीसीआर परिक्षण गरिएकोमा ४ हजार ९२८ नयाँ संक्रमित फेला परेका हुन् । योसँगै हाल नेपालमा संक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ । बिहीवार ८ सय ८८ कोरोना संक्रमित निको भएका छन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्