ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

खराब कर्जा संकलनमा वृद्धि भएसँगै सारथि नेपाल लघुवित्तको नाफामा २१८ % वृद्धि 

२०७८ बैशाख, १७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १७, काठमाडौं । सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोहि अवधिमा २१८ प्रतिशतले वृद्धि भएको छ । 

गत आवको तेस्रो त्रैमासमा रू.२ करोड ५ लाख ४५ हजार खुद नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ६ करोड ५५ लाख ३० हजार नाफा कमाएको हो । 

चालू आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ४७ करोड ८९ लाख ६८ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी २३० प्रतिशतले वृद्धि भएको छ ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा भने ऋणात्मक रहेको छ ।कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउँदा सञ्चालन नाफा प्रभावित भएको हो ।

गत आवको तेस्रो त्रैमासमा कम्पनीले सम्भावित जोखिम बापत रू. २ करोड ४७ लाख ६० हजार छुट्याएकोमा चालू आवको सोही अवधिमा रू. ४९ करोड ४ लाख छुट्याएको छ । 

चुक्तापूँजी रू. २३ करोड ५३ लाख ८६ हजार रहेको उक्त कम्पनीले जगेडामा रू. १६ करोड ९० लाख ७२ हजार छुट्याएको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ३७ दशमलव १२, मूल्य आम्दानी अनुापत ४४ दशमलव ९९  र प्रतिशेयर नेटवर्थ रू. १७१ दशमलव ८३ रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्