ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साताको अन्तिम कारोबार दिन तोलामा ९०० ले घट्यो सुनको मूल्य

२०७८ बैशाख, १७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १७, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ । स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवार रू. ३०० ले बढेको सुनको मूल्य शुक्रवार रू. ९०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ८९ हजार ९०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ८०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. ९०० ले घटेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ८९ हजार ४५० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ९० हजार ३०० मा कारोबार भएको थियो । 

यस्तै, शुक्रवार चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला रू. एक हजार ३१५ मा कारोबार भएको चाँदी शुक्रवार रू. एक हजार २९५ खरीदविक्री भइरहेको छ । बिहीवारको तुलनामा शुक्रवार चाँदी रू. २० ले घटेको हो ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्