ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

९ महीनामा युनाइटेड फाइनान्सको खुद नाफा ८ करोड १६ लाखभन्दा बढी 

२०७८ बैशाख, १७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १७, काठमाडौं । चालू आवको ९ महीना अर्थात् तेस्रो त्रैमाससम्ममा युनाइटेड फाइनान्सले रू. ८ करोड १६ लाख खुद नाफा आर्जन गरेको छ ।

 गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद नाफा १३ प्रतिशतले वृद्धि भएको हो ।गत आवमा कम्पनीले रू. ७ करोड १६ लाख ९२ हजार नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफामा वृद्धि भएकाले नाफामा वृद्धि भएको हो । 

सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने १९ प्रतिशतले घटेको छ । गत आवको तेस्रो त्रैमासमा रू. २६ करोड ६२ लाख खुद ब्याज आम्दानी गरेको उक्त कम्पनीको खुद ब्याज आम्दानी चालू आवको सोही अवधिमा रू. २१ करोड ४६ लाख ४२ हजारमा सीमित भएको हो । 

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रू.४ करोड ७३ लाख ५४ हजार रहेको छ । चुक्तापूँजी रू. १ अर्ब ४ करोड ८ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. २९ करोड ३६ लाख ३९  हजार, रिटेन्ड अर्निङमा रू. १६ करोड ६८ लाख ६१ हजार र शेयर प्रिमियममा रू. १५ करोड ८६ लाख ८४ हजार सञ्चित गरेको छ ।  

कम्पनीको प्रतिशेयर आम्दानी रू. १० दशमलव ४६, मूल्य आम्दानी अनुपात ४० दशमलव ७३,तरलाता अनुपात ४० दशमलव ९५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव ४९ रहेको  छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्