ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

समता लघुवित्तसँग मर्जरमा गएको घरेलु लघुवित्तको नाफा २७ लाख ७६ हजार 

२०७८ बैशाख, १७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १७, काठमाडौं । समता लघुवित्त वित्तीय संस्था सँग मर्जरमा गएको घरेलु लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासमा रू. २७ लाख ७६ हजार खुद नाफा कमाएको छ । 

गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ५९ हजार नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवमा कम्पनीको नाफामा उल्लेख्य सुधार आएको छ ।  

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीको चुक्तापूँजी रू.७ करोड ३ लाख ५० हजार रहेको छ भने जगेडा रू. १२ लाख ५० हजार ऋणात्मक रहेको छ । 

खुद ब्याज आम्दानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७८ प्रतिशतले वृद्धि भएको हो ।

गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ९८ लाख २ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १ करोड ७५ लाख २६ हजार पुगेको हो ।

यस घरेलु लघुवित्त वित्तीय संस्था र समता लघुवित्त वित्तीय संस्था बीच एक आपसमा मर्जर भएर हाल समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट गत वैशाख २ गतेदेखि एकीकृत कारोबार  भइरहेको छ । वित्तीय विवरण प्रकाशित गरेता पनि हाल कानूनी रुपमा उक्त कम्पनीको अस्तित्व भने छैन ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्