ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

छोटो समयमा महिला लघुवित्तको शेयरधनीले कमाए आकर्षक मुनाफा, शेयर मूल्य प्रतिकित्ता रू. ३१२५ पुग्यो

२०७८ बैशाख, १७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १७, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीनै छोटो समयमानै आकर्षक प्रतिफल पाएका छन् । 

कारोबारमा आएको २८औं दिनसम्म कम्पनीको शेयर मूल्य सर्किट लेबलमा वृद्धि हँुदै आएको छ । कम्पनीको शेयर कारोबार आएको पहिलो दिन रू.४४६ मा खुला भएको र सोही मूल्यमा तीन दिनसम्म कारोबार भएको थियो ।

 त्यसपछिको चौथो कारोबार दिनदेखि कम्पनीको शेयर मूल्य २८ औं दिन आइपुग्दासम्म सर्किट लेबलमा वृद्धि हुँ दै आएको छ । सोही कारण महंगोमा पनिे शेयर खरीदगर्नेहरुको संख्या धेरै भएकाले कम्पनीको शेयर मूल्य बढेको हो ।

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीवार पनि कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएर रू. ३ हजार १२५ पुगेको थियो । उक्त दिन कम्पनीको १ हजार ८५० कित्ता शेयर खरीदविक्री भएको छ । 

बिहीवार भने कम्पनीको हालसम्मै धेरै कित्ता शेयर खरीदविक्री भएको छ । रू.१ हजार लगानी गरेको १० कित्ता आईपीओको मूल्य एक महीना पनि नपुग्दै रू. ३१ हजार पुगेको छ । त्यसोत दोस्रो बजारमा उक्त कम्पनीको शेयर खरीद गरिरहेका लगानीकर्ताले पनि छोटो समयमै आकषृक मुनाफा कमाएका छन् । 

कम्पनीको शेयर पहिलो कारोबार दिन प्रतिकित्ता रू. ४४६ मा कारोबार भएको थियो । कम्पनीले पहिलो कारोबारका लागि रू. ३१३ दशमलव १६ देखि ९३९ दशमलव ४८ ओपन रेञ्ज पाएको थियो । 

नेप्सले पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले गत माघ २८ गतेदेखि फागुन २ गतेसम्म ४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । 

कम्पनीले ५ हजार कित्ता कर्मचारीको लागि, २० हजार कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको ३ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको थियो । कम्पनीको आईपीओ ३७ हजार ५०० जनाले गोलाप्रथाद्वारा १० कित्ताका दरले पाएका थिए ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्