ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हेटौँडा अस्पतालमा ‘आईसीयू’ र भेन्टिलेटर सेवा आजदेखि शुरु

२०७८ बैशाख, १७  
वाग्मती प्रदेश
Image Not Found

वैशाख १७, हेटौँडा । हेटौँडा अस्पतालमा सघन उपचार कक्ष ‘आईसीयू’ र भेन्टिलेटर सेवा शुरु भएको छ । 

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचारमा सहजता ल्याउनका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौँडा अस्पतालमा स्थापना गरेको आईसीयू र भेन्टिलेटर सेवाको शुक्रवारदेखि शुभारम्भ गरेका हुन् । 

यसैगरी मुख्यमन्त्री पौडेलले हेटौँडा उपमहानगरपालिका–६ गौरीटारस्थित कोभिड–१९ संक्रमित बिरामीहरुका लागि स्थापना गरिएको क्वारेन्टिन कक्षको पनि शुक्रवार स्थलगत अनुगमन गरे । सो कक्षमा १२० शय्या रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । 

सो अवसरमा मुख्यमन्त्री पौडेलले कोभिड–१९ सङ्क्रमित बिरामीहरुलाई तत्काल उपचार गर्न आईसीयू, भेन्टिलेटर र दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीहरुलाई प्रदेश सरकारले उच्च प्राथमिकताका साथ उपलब्ध गराउने बताए । उनले उपचार सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन चिकित्सकलाई निर्देशन दिए ।

प्रतिष्ठानले हेटौँडा अस्पताल परिसरभित्र १६ शय्याको सघन उपचार कक्ष र ६ शय्याको भेन्टिलेटर कक्षको स्थापना गरिएको हेटौँडा अस्पतालका डा सागर काफ्लेले जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्