ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भारतमा एकैदिन तीन लाख ८६ हजार जनामा कोरोना संक्रमण

२०७८ बैशाख, १७  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख १७, नयाँदिल्ली (भारत) । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या दिन प्रतिदिन वृद्धि हुँदै गएको छ । 

तीव्र गतिमा फैलिएको कोरोना भाइरसबाट एकै दिनमा तीन लाख ८६ हजार ४५२ जना संक्रमित भएका छन् । 

कोरोना भाइरसको महामारी फैलिएदेखि यता गत २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै संक्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलका अनुसार सोही अवधिमा तीन हजार ४९८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

दैनिक रुपमा संक्रमणमुक्त हुनेहरुको संख्या पनि बढीरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा दुई लाख ९७ हजार ४५० जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । देशभरी कुल संक्रमित मध्ये अहिलेसम्म कुल एक करोड ५३ लाख ८४ हजार ४१८ जना संक्रमणमुक्त भएका छन् । 

भारतमा अहिलेसम्म कुल एक करोड ८७ लाख ६२ हजार ९७६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । ती मध्ये ३१ लाख ७० हजार २२८ जना अझै पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्यांक छ । 

भारतको स्वास्थ्य अनुसन्धान परिषदका अनुसार अप्रिल २९ तारिखसम्म देशभरी कुल २८ करोड ६३ लाख ९२ हजार ८६ ओटा स्वाब परीक्षण गरिएको छ । ती मध्ये पछिल्लो २४ घण्टामा १९ लाख २० हजार १०७ जनाको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । 

भारतमा एकातर्फ महामारी फैलिइरहेको छ भने अर्को तर्फ कोरोना भाइरस विरुद्धको खोप लगाउने क्रम पनि चलिरहेको छ । सरकारी अधिकारीहरुका अनुसार हालसम्म १५ करोड २२ लाख ४५ हजार १७९ मात्रा खोप खपत भएको छ । रासस/एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्