ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१५ ओटा विकास बैंकले प्रकाशित गरे तेस्रो वित्तीय विवरण, क - कसले कति कमाए नाफा ?

२०७८ बैशाख, १८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १८, काठमाडौं । १५ ओटा विकास बैंकले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । 

उक्त वित्तीय विवरण अनुसार उक्त अवधिसम्ममा ती बैंकहरुमध्ये सवैभन्दा बढी नारायणी डेभलपमेण्ट बैंक नोक्सानमा रहेको छ भने बाँकी १४ ओटा बैंकहरु नाफामा छन् । 

सार्वजनिक वित्तीय विवरण अनुसार १४ ओटा बैकले कुल रू. ४ अर्ब ७८ करोड ८८ हजार  नाफा आर्जन गरेका हुन  । गत आवको तेस्रो त्रैमासमा १४ ओटा बैंकहरुले रू. २ अर्ब ५७ करोड ५४ लाख नाफा आर्जन गरेका थिए ।

नारायणी डेभलपमेण्ट बैंकले चालू आवको तेस्रो त्रैमाससम्मा रू. ५२ लाख ५४ हजार नोक्सानी व्यहोरोको छ । गत आवको तेस्रो त्रैमासमा पनि कम्पनी रू. १० लाख ९९ हजार नोक्सानी थियो । 

सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले नाफा कमाएको छ।उक्त कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १ अर्ब ५६ लाख नाफा आर्जन गरेको हो । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ६७ करोड ६० लाख नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवमा कम्पनीको नाफा ४८ दशमलव ७५ प्रतिशतले वृद्धि भएको हो ।
 

१५ ओटा कम्पनीहरुमध्ये सबैभन्दा बढी वितरणयोग्य नाफा र प्रतिशेयर आम्दानीमा पनि मुक्तिनाथ विकास बैंकको रहेको छ । उक्त अवधिसम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. ८२ करोड ८७ लाख रहेको छ भने प्रतिशेयर आम्दानी रू. २७ दशमलव ८७ पुगेको छ ।

एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफालाई बिभिन्न शिर्षकमा छुट्याएपछिको नाफानै वितरणयोग्य नाफा हो । यही नाफाबाट कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछन् ।  

वित्तीय विवरण प्रकाशित गरेका १५ ओटा बैंकमध्ये कर्पोरेट डेभलपमेण्ट बैंक र ग्रीन डेभलपमेण्ट बैंकले भने वितरणयोग्य नाफा उल्लेख गरेका छैनन् । 

                                 स्रोत : बैंकद्वारा प्रकाशित तेस्रो वित्तीय विवरण 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्