ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बाँकेमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

२०७८ बैशाख, १८  
प्रदेश ०५
Image Not Found
फाइल फोटो

वैशाख १८, बाँके । बाँकेमा गए रातभरीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरु बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एक जना रहेका छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।

यही वैशाख १६ गते भर्ना गरिएका उनको १७ गते साँझ ७:०० बजे पीसीआर गरिएको थियो । उनको रिपोर्ट नआउँदै मृत्यु भइसकेको थियो । 

नेपालजञ्ज उपमहानगरपालिका–६ का ४७ वर्षीया महिलाको मेडिकल कलेज कोहलपुरमा राति ९:३० बजे  मृत्यु भएको छ । यही वैशाख १५ गते भर्ना गरिएका उनको १६ गते पीसीआर गरिएको थियो । नेपालगञ्ज मेडिकल कलेजमा कपिलवस्तु कृष्णनगर नगरपालिका–५ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ । 

यही वैशाख १५ गते मेडिकल कलेजमा भर्ना भएका उनको भोलीपल्ट पीसीआर गरिएको थियो । गए राति १०:०० बजे उनको मृत्यु भएको छ । नेपालगञ्ज–१० का ५५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ ।

यही वैशाख १३ गते पीसीआर गरेपछि १४ गते भेरीमा भर्ना भएका बिरामीको शनिवार बिहान ४:०० बजे मृत्यु भएको छ । मेडिकल कलेज कोहलपुरमा कोहलपुर नगरपालिका–११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । यही वैशाख १० गते कोहलपुरमा भर्ना गरिएको उनको ११ गते पीसीआर गरिएको थियो । राति १२:३० बजे उनको मृत्यु भएको छ । 

दाङ दगीशरण गाँउपालिका वडा नं १ का ६० वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । यही वैशाख ८ गते भर्ना गरिएको उनको ११ गते पीसीआर गरिएको थियो । उनको शनिवार बिहान ४:०० बजे मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११८ पुगेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्