ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

निषेधाज्ञाको कारण आन्तरिक उडान ह्वात्तै घट्यो

२०७८ बैशाख, १८  
समाचार
Image Not Found
फाइल फोटो

वैशाख १८, काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको असर मुलुकको आन्तरिक हवाई उडानमा देखिएको छ । 

अघिल्लो दिनको तुलनामा विमानस्थलको आन्तरिक उडान ह्वात्तै घटेको छ । निषेधाज्ञाको दोस्रो दिन शुक्रवार ७७ ओटा उडान भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार शुक्रवार कुल ७७ ओटा उडान भएका छन् । बुद्ध एयरका ३५, यती एयरलाइन्सका २०, श्री एयरलाइन्सका १२, तारा एयरका चार तथा नेपाल एयरलाइन्सका चार ओटा उडान भएका छन् । बिहीवारको तुलनामा शुक्रवार यो संख्या आधाभन्दा कम हो । 

शनिवारका लागि ६५ उडान निर्धारण गरिएको महाप्रबन्धक तिवारीले बताए । निषेधाज्ञा शुरु भएको पहिलो दिन बिहिवार विमानस्थलमा आन्तरिकतर्फ कुल २०८ उडानमार्फत आठ हजार २६९ यात्रुले हवाई यात्रा गरेका छन् । यीमध्ये काठमाडौंबाट पाँच हजार ४५३ हवाई यात्रु बाहिरिएका छन् भने दुई हजार ८१६ हवाई यात्रु काठमाडौं भित्रिएका विमानस्थलले जानकारी दिएको छ ।

विमानस्थलले उपलब्ध गराएको तथ्यांकअनुसार बिहिवार सबैभन्दा बढी बुद्ध एयरले ९६ उडानबाट चार हजार २८ यात्रुलाई हवाई सेवा दिएको थियो । यती एयरलाइन्सले ५२ उडान गरेको थियो । ती उडानबाट दुई हजार ४५७ यात्रुलाई गन्तव्यमा पुर्‍याइएको छ । त्यसैगरी श्री एयरलाइन्सले एक हजार ४८४, तारा एयरले ११३, समिट एयरले ८३ र नेपाल एयरलाइन्सले १०४ यात्रुलाई सेवा दिएको विमानस्थलले जानकारी दिएको छ ।

निषेधाज्ञाको अघिल्लो दिन सर्वाधिक १४९ उडानमार्फत १५ हजार २६३ यात्रुले सेवा लिएका थिए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकप्टर कम्पनीसहित २० वायु सेवा प्रदायक कम्पनीले उडान गर्दै आएका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्