ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भारतबाट अमेरिका र अष्ट्रेलिया आउन प्रतिबन्ध

२०७८ बैशाख, १८  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख १८, वासिङटन डीसी (अमेरिका) । भारतबाट अमेरिका आउन अमेरिकी सरकारले प्रतिवन्ध लगाएको छ । 

भारतमा कोरोना भाइरसको महामारी तीव्र रूपमा फैलिएकाले त्यसको असर अमेरिकामा पनि पर्ने डरले भारतबाट आउनेहरूलाई अमेरिकामा प्रतिवन्ध लगाइएको हो । 

भारतबाट अमेरिका आउन प्रतिवन्ध लगाउनेसम्वन्धी निर्णयमा राष्ट्रपति जो वाइडेनले शुक्रबवर हस्ताक्षर गरेका हुन् ।

अमेरिकी नागरिकलाई भने रोक नलगाइएको, तर उनीहरु आएपछि कम्तीमा १४ दिन क्वारेन्टिइनमा बस्नु पर्ने व्यवस्था गरिएको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

भारतबाट अमेरिका आउन प्रतिवन्ध लगाउने निर्णय मे ४ देखि लागू हुने र यो निर्णय अस्थायी भएको जानकारी दिइएको छ । अस्थायी भएपनि कहिलेसम्म लागू हुनेछ भन्ने अनिश्चित नै रहेको छ ।   

भारतमा अहिले कोरोना भाइरसको महामारी अत्यधिक छ भने दैनिक लाखौँ संक्रमित हुने गरेका छन् । अरु हजारौंको मृत्यु हुने गरेको छ । 

भारतको महामारी सर्ने डरले अन्य देशहरूले पनि भारतबाट आवागमनका लागि प्रतिवन्ध लगाएका छन् । 

अष्ट्रेलियाले  उक्त आदेश नमान्नेलाई पाँच वर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको घोषणा गरेको छ । शनिवार घोषणा गरिएको यात्रा प्रतिवन्धसम्वन्धी निर्णयमा सरकारको निर्णय नमान्नेलाई जेल सजायको व्यवस्था गरिएको उल्लेख छ ।

कोरोना भाइरसको महामारी थप फैलिन नदिनका लागि भारतलगायतका कोरोना भाइरसबाट अति प्रभावित मुलुकबाट आउनेहरूलाई आउन नदिने निर्णय गर्नु परेको सरकारी अधिकारीहरूको भनाइ छ । 

भारतबाट अष्ट्रेलिया आउन नपाइनेसम्बन्धी सरकारी निर्णय कार्यान्वयन भने आगामी सोमवारदेखि मात्रै हुने जानकारी दिइएको छ ।   

अत्यावश्यक परेर आएकाहरूलाई पनि कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । रासस/एएनआई/एएफपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्