ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रसिद्ध पर्यटकीय स्थल च्छोरोल्पा जाने पदमार्ग निर्माण सम्पन्न

२०७८ बैशाख, १८  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १८, दोलखा । दोलखाको प्रसिद्ध पर्यटकीय स्थल च्छोरोल्पा हिमताल जाने टासिनाम–च्छोरोल्पा पदयात्रा मार्ग निर्माण सम्पन्न भएको छ । १६ लाख ५५ हजार २५० रुपैयाँको लागतमा पदमार्ग निर्माण सम्पन्न भएको हो ।

गौरिशंकर गाउँपालिका वडा नम्बर ९ मा निर्माण भएको सो पदमार्गकालागि डिभिजन वन कार्यालाय दोलखाले १५ लाख रुपैयाँ उपलब्ध गराएको डिभिजन वन कार्यालयका प्रमुख शिव सापकोटाले आर्थिक अभियानलाई बताए । उपभोक्ता समितिद्वारा निर्माण गरिएको सो काममा उपभोक्ताहरुले १ लाख ५५ हजार २५० रुपैयाँ बराबर श्रम गरेको प्रमुख सापकोटाको भनाइ छ ।

बाग्मती प्रदेश सरकारबाट डिभिजन वन कार्यालय दोलखामार्फत आएको गौरिशंकर पर्यटन प्रवर्द्धन शिर्षकको रकमबाट गौरिशंकर गाउँपालिकाको छनोटमा सो पदमार्र्गमा सिंढी निर्माण गरिएको हो । गौरिशंकर संरक्षण क्षेत्र आयोजना क्षेत्रभित्र पर्ने भएकोले पदयात्रा मार्गमा सिंढी निर्माण गर्न गौरिशंकर संरक्षण क्षेत्र आयोजनाबाट पनि सहमती लिई उपभोक्ता समिति मार्फत निर्माण गरिएको डिभिजन वन कार्यालय  दोलखाले बताएको छ । 

टासिनाम–च्छोरोल्पा पदयात्रा मार्गको काम सम्पन्न भई भुक्तानीको चरणमा रहेको डिभिजन प्रमुख सापकोटाको भनाइ छ । 

सिंढी निर्माण गरिएको पदयात्रामार्ग को लम्बाई करीब ५ किलोमिटर रहेको छ । पदयात्रा मार्गमा सिंढी  निर्माण पछि  च्छोरोल्पा हिमताल हेर्न जाने पर्यटकहरु तथा स्थानीयहरुलाई यात्रा गर्न सहज हुने  उपभोक्ता समितिका अध्यक्ष साङ्गे शेर्पाले बताए ।

यसैगरी डिभिजन वन कार्यालय दोलखामार्फत नै उपभोक्ता समितिबाट बैतेश्वर तथा जिरी नगरपालिकाको संगममा रहेको हनुमन्ते डाँडामा हनुमानको मुर्ति राख्ने, सिंढी तथा रेलिङ  निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको कार्यालयको भनाइ छ ।

सो कार्यकालागि पनि प्रदेश सरकारबाट डिभिजन वन कार्यालय, दोलखा मार्फत १५ लाख रुपैयाँ उपलब्ध गराई उपभोक्ता सामिति मार्फत काम भइरहेको छ ।

हनुमन्ते डाँडामा हनुमानको मुर्ती राख्ने काम सम्पन्न भइसकेको, १०० मिटर सिँढी निर्माण गर्ने तथा ५० मिटर रेलिङ हाल्ने काम अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका अध्यक्ष केशबहादुर तामाङले बताए ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्