ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

खुल्ला नाका व्यवस्थित नहुँदा बैतडी कोरोनाको उच्च जोखिममा

२०७८ बैशाख, १८  
सुदूरपश्चिम प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १८, बैतडी ।  भारतसँगको खुल्लानाका व्यवस्थित नहुँदा कोरोनाको उच्च जोखिममा बैतडी जिल्ला रहेको छ ।

बैतडीका तीन ओटा स्थनीय तहका सिमा खुलारुपमा भारतसँग जोडिएका छन् । ती मध्ये  बैतडीको जुलाघाट नाकामा मात्र हेल्थडेस्क राखिएको छ ।अहिले भारतमा कोरोना संक्रमण उच्च दरमै फैलिरहेको छ ।

सरकारले भारतसँग रहेका ती खुल्ला सिमानामा पुर्वसावधानी नअपनाएमा नेपालमा भारतको जस्तो अवस्था आउन सक्ने चिन्ता स्थानीयले गरेका छन् । घरफर्केर सिधै समुदायमा घुलमिल गर्दा संक्रमण फैलने चिन्ता पनि त्यतिकै रहेको छ ।

बैतडीको दसरथचन्द नगरपालिका पञ्चेश्वर र शिवनाथ गाउँपालिका भारतसँग सिमा जोडिएको छ ।शुक्रवारसम्म बैतडीमा कोरोना संक्रमितको संख्या १५५ जना पुगेको छ भने एक जनाको मृत्यु भइसकेको छ ।

यसमा दसरथचन्द नगरपालिकाका सबैभन्दा बढी ८० जना रहेका छन् । पाटन नगरपालिकाका २७, पुर्चौडी नगरपालिकाका २२ र मेलौली नगरपालिका १२ जना सक्रिय संक्रमित रहेका छन् । 

यस्तै दोगडाकेदार गाउँपालिका ७ पञ्चेश्वरका ४ सिगास, शिवनाथ र सुर्नयाका एक/ एक जना रहेको स्वास्थ्य कार्यालय बैतडीले बताएको छ । दसरथचन्द नगरपालिकाको जुलाघाटमा हेल्थ डेस्क हुनाले चेकजाँच गर्दा सबैभन्दा बढी भेटिएका हुन् । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्