ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दोहोरो मन्दीमा गयो यूरो अर्थतन्त्र 

२०७८ बैशाख, १८  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख १८, ब्रसेल्स (बेल्जियम) । यूरोजोनका अर्थतन्त्र पुनः आर्थिक मन्दीमा गएका छन् । कोरोना भाइरसको महामारी फैलिन नदिन लगाइएको लकडाउनका कारण आर्थिक गतिविधि प्रभावित हुने क्रम जारी रहेसँगै यूरो अर्थमा दोहारो संकुचन आएको हो ।

 यूरोस्ट्याटले सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरी–मार्च त्रैमासमा त्यहाँको अर्थतन्त्र शून्य दशमलव ६ प्रतिशतले खुम्चिएका छन् । यो लगातार दोस्रो संकुचन हो । देशको आधारमा भने यो प्रवृत्ति इटलीमा मात्रै देखिएको छ । केही देशमा पछिल्ला दुई त्रैमासमध्ये दुई मध्ये एकमा वृद्धि देखिएको छ । 

यस वर्षको पहिलो तीन महीनामा फ्रान्सको अर्थतन्त्रमा वृद्धि देखिएको छ । जर्मन अर्थतन्त्रमा गत वर्षको अन्तिम त्रैमासमा वृद्धि देखिएको भएपनि गत त्रैमासमा भने १ दशमलव ७ प्रतिशतको संकुचन आएको तथ्यांकले देखाएको छ । अवस्था इटलीमा खराब देखिएको छ । 

सन् २०१९ को अन्त्यमा महामारी शुरु हुनु अघिको तुलनामा इटलीको अर्थतन्त्र अहिले ६ दशमलव ६ प्रतिशत सानो छ । यद्यपि, यस वर्षको बाँकी अवधिमा भने आर्थिक गतिविधिमा सुधार आउनेमा अर्थशास्त्रीहरु विश्वस्त देखिएका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्