ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रतिस्पर्धा विरोधी एप नीतिका कारण एप्पलमाथि मुद्दा 

२०७८ बैशाख, १८  
अन्तरराष्ट्रिय
Image Not Found

वैशाख १८, लन्डन (बेलायत) । अमेरिकी प्रविधि कम्पनी एप्पल इंकमाथि यूरोपेली संघ (ईयू) को प्रतिस्पर्धा मिच्न नहुने नीतिको उल्लंघन गरेको भन्दै मुद्दा दायर गरिएको छ । 

कम्पनीको एप स्टोर सञ्चालनमा एप्पलको व्यहारका कारण उपभोक्ताहरु मारमा परिरहेको यूरोपेली आयोगको एकाधिकार विरोधी नियमनकर्ता मार्गरेथा भेष्टागरले ट्विटमा बताइन् ।

 एप्पलले म्युजिक स्ट्रिमिङ उद्योग मानवप्रवर्तनलाई रोकेको भन्दै स्पोटीफाईले दुई वर्ष अघि दायर गरेको मुद्दालाई उल्लेख गरिएको छ । कम्पनीले तर्क गरेर नियामकहरुलाई राजी गराउन सकेनन् भने एप्पले ठूलो जरिवाना तिर्नुपर्ने र नीति नै  परिवर्तन गर्न बाध्य हुनु पर्नेछ ।

यसअघि भने कम्पनीले आफूले केही पनि गलत नगरेको बताएको थियो ।एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्