ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अमेरिकाले कोरोनासँग जुध्न नेपाललाई १ अर्ब ३० लाख अनुदान दिदैं

२०७८ बैशाख, १८  
समाचार
Image Not Found

वैशाख १८, काठमाडौं । अमेरिकाले नेपाललाई १ अर्ब ३० लाख रुपैयाँ अतिरिक्त सहायता प्रदान गर्ने भएको छ ।     
     
नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताएका हुन् ।     
     
शनिवार अपराह्न ट्विट गर्दै उनले अमेरिकाको पुरानो मित्र नेपाललाई महामारीविरुद्धको लडाइँमा भरथेग गर्न अन्तरराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसआईडी) मार्फत उक्त रकम उपलब्ध गराइने बताएका छन् ।

‘कोभिड–१९ विरुद्ध ठूलो सङ्घर्ष गरेको आफ्नो मुलुक नेपालप्रति ऐक्यबद्धता प्रकट गर्दछ, निर्दयी कोरोनालाई परास्त गर्न नेपाल सफल हुनेछ’, उनको ट्विटमा भनिएको छ ।रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्