ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हुन्डाईको हटलाइन सेवा

२०७८ बैशाख, १९  
बजार
NA

काठमाडौं (अस) । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्राहक लक्षित हटलाइन सेवा सुरु गरेको छ ।

कोरोना महामारीको विषम परिस्थितिमा हुन्डाईका सवारी चालकलाई आपतकालीन सेवा प्रदान गर्न यो सेवा सुरु गरिएको कम्पनीले बताएको छ ।

यो आकस्मिक हटलाइन सेवा ग्राहकप्रति समर्पित रहँदै गुणस्तरीय सुविधा उपलब्ध गराउने प्रतिबद्धताअनुरूप ल्याइएको हो ।

यो सेवा हाल काठमाडौं उपत्यकाका लागि सुरु गरिएको कम्पनीले बताएको छ । कम्पनीले हटलाइन सेवाका लागि सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्