ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मारुती उद्योग ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालको पहिलो कम्पनी

२०७८ बैशाख, १९  
बजार
NA

काठमाडौं (अस) । मारुती सिमेन्ट ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बन्न सफल भएको छ । यसअघि ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गरिरहेको कम्पनीले ५३ र ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी पनि बन्न सफल भएको छ ।

कम्पनीलाई विश्वसनीय ब्रान्डको रूपमा स्थापित गर्न सहयोग पुर्‍याउने उपभोक्ता, कन्ट्रयाक्टर, इन्जिनियर, कर्मचारीप्रति  आभार प्रकट गरेको छ । आगामी दिनमा गुणस्तरलाई थप मजबुत बनाउँदै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रहिरहने प्रतिबद्धता कम्पनीका ब्रान्ड मार्केटिङ प्रमुख राजु श्रेष्ठले  व्यक्त गरे ।

कम्पनीले हाल उदयपुरमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक जर्मन प्रविधिबाट  अन्तर्राष्ट्रिय स्तरको ओपीसी मारुती सिमेन्ट उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्