ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महालक्ष्मी विकास बैंकको ग्राहक समन्वयकर्ता सेवा

२०७८ बैशाख, १९  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले आफ्ना १०३ वटा शाखाबाट सेवा लिइरहेका ग्राहकलाई निषेधाज्ञा अवधिभर बैंकिङ कारोबार सहज र सुरक्षित तवरले उपलब्ध गराउने उद्देश्यले ‘ग्राहक समन्वयकर्ता’ सेवा सुरु गरेको छ ।

समन्वयकर्ताले बैंकिङ सेवासम्बन्धी ग्राहकको कुनै पनि जिज्ञासा तथा गुनासालाई सम्बन्धित शाखासँग समन्वय गरी यथाशीघ्र सेवा उपलब्ध गराउने बैंकका निमित्त कार्यकारी प्रमुख दिपेश लम्सालले बताए ।

कोरोना महामारीमा संक्रमण फैलिन नदिन डिजिटल बैंकिङअन्तर्गत मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड तथा कनेक्ट आईपीएसजस्ता सुविधा प्रयोग गरी सुरक्षित रहन पनि बैंकले ग्राहकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्