ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

निषेधाज्ञामा सेवा दिन सांग्रिला बैंकले तोक्यो सम्पर्क व्यक्ति

२०७८ बैशाख, १९  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । निषेधाज्ञाका बेला ग्राहक तथा सेवाग्राहीलाई सहज ढंगले सेवा दिने उद्देश्यले सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न क्षेत्रका लागि सम्पर्क व्यक्ति तोकेको छ ।

निषेधाज्ञा अवधिमा ग्राहकले आधारभूत बैंकिङ सेवा लिन कुनै कठिनाइ भोग्नुपरे वा कुनै समस्या आए सहजीकरणका लागि विभिन्न क्षेत्रमा समन्वयकर्ता तोकिएको बैंकले जानकारी दिएको छ ।

बैंकले काठमाडाैं उपत्यकाका विभिन्न शाखाका लागि सम्पर्क व्यक्ति तोकेको छ भने प्रदेश स्तरमा पनि समन्वयकर्ता छनोट गरी तिनको नाम र सम्पर्क नम्बरको सूची सार्वजनिक गरेको छ । काठमाडौं उपत्यकाका लागि विभिन्न शाखामा १९ जना सम्पर्क व्यक्ति तोकिएको बैंकले बताएको छ ।

त्यस्तै, प्रदेश १ का लागि दुई जना, प्रदेश २ मा दुई जना, भरतपुर क्षेत्रका लागि दुई जना, मकवानपुरका लागि एक जना, बुटवल क्षेत्रका लागि एक जना तोकिएको छ । बाग्लुङ क्षेत्रका लागि एक जना, नेपालगञ्जका लागि तीन जना, दाङ क्षेत्रका लागि एक जना, गोरखाका लागि दुई जना, कर्णाली प्रदेशका लागि एक जना, सुदूरपश्चिमका लागि दुई जना र पोखरा क्षेत्रका लागि २ जना सम्पर्क व्यक्ति तोकिएको बैंकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्