ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

डोल्पामा यार्सापाटन यस वर्ष खोल्ने निर्णय

२०७८ बैशाख, १९  
कर्णाली प्रदेश
Image Not Found

डोल्पा । डोल्पामा अघिल्लो वर्ष बन्द गरिएका यार्सागुम्बा पाटन यस वर्ष खुला गर्ने निर्णय गरिएको छ । शुक्रवार बसेको सर्वपक्षीय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरेको हो ।

कोरोना कहरका कारण अघिल्लो वर्ष बन्द भएका यार्सागुम्बा पाटन यस वर्ष भने आगामी जेठ १० गतेदेखि खुला गर्ने गरी निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले बताए । ‘देशभर कोरोना संक्रमण बढिरहेको छ, डोल्पामा पनि संक्रमित १० जना पुगिसके,’ उनले भने, ‘यही दरमा संक्रमण बढे यार्सागुम्बा पाटन खुला गर्ने विषयमा पुनः एक पटक सोच्नुपर्ने हुन्छ, निर्णय पनि सोहीअनुसार भएको छ ।’

प्रशासनको कर्तव्य सुरक्षा संयन्त्र परिचालनसँगै जनताको जीउधनको रक्षा गर्नु पनि भएकाले महामारीबाट सर्वप्रथम नागरिकलाई जोगाउनुपर्ने प्रजिअ ढकालको भनाइ छ । जिल्लावासीको आम्दानीको मुख्य स्रोतका रूपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बाको पाटन खोल्ने निर्णयसँगै अधिकांश नागरिकले खुशी व्यक्त गरेका छन् भने कतिपयले विरोध गरेका छन् । अधिकांश नागरिकले अघिल्लो वर्ष यार्सागुम्बा नखुल्दा जिल्लावासीको आर्थिक अवस्था धराशयी भएकाले यार्सापाटन खोल्ने निर्णय स्वागतयोग्य भएको बताएका छन् । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्