ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ठोकर्पामा खुल्यो बिउ बैंक

२०७८ बैशाख, १९  
वाग्मती प्रदेश
Image Not Found
author avatar सुन्दर शिरीष

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– २ ठोकर्पामा सामुदायिक कृषि बिउ बैंक स्थापना गरिएको छ । पिङडाँडा कृषि सहकारी संस्थाले सहकारी भवन र कृषि बिउ बैंकको उद्घाटन गरेको हो ।

सहकारीले एक सय स्थानीय र उन्नत जातका बिउको प्रदर्शनीसमेत गरेको छ । गाउँपालिकाको ३२ लाख रुपैयाँ सहयोगमा निर्मित सहकारी भवन र बिउ बैंकको एकैसाथ उद्घाटन गरिएको हो ।

‘पुराना जातका बिउको संरक्षण र नयाँ जातका बिउको प्रवद्र्धन गर्न बिउ बैंक स्थापना गरिएको हो’, संस्थाका अध्यक्ष हिमबहादुर आचार्यले भने । अब कृषकले गाउँमा कृषि उत्पादन गर्न सबै बिउ बैंकमार्फत प्राप्त गर्न सक्नेछन् ।

स्थानीय ठाउँमा उत्पादन गरिँदै आएका सबै प्रकारका बिउ संरक्षण गर्दै त्यसको निरन्तर उत्पादनमा लाग्ने र कृषकको आवश्यकता र मागअनुरूप हाइब्रिड बिउसमेत बैंकबाट प्राप्त गर्न सकिने सहकारीका कोषाध्यक्ष रोशन न्यौपानेले जानकारी दिए ।

बैंकबाट किसानले किरा तथा रोग सहन सक्ने बिउ खरिद गर्न सक्ने उनले बताए ।

लोपोन्मुख कृषि बिउ बैंकमा रहनेछन् । बिउ अभाव र खाद्य संकट रोक्न बिउ बैंकको महत्वपूर्ण भूमिका रहने कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेजप्रसाद दवाडीले जानकारी दिए ।

कार्यक्रम स्थलमा २३ वटा समूहले छुट्टाछुट्टै बिउका स्टल प्रदर्शनीमा राखेका थिए । स्थानीयदेखि उन्नत प्रजातिका करिब एक सय प्रकारका बिउको प्रदर्शन गरिएको कोषाध्यक्ष न्यौपानेले बताए ।

पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भवनको उद्घाटन गरे । कृषकले उत्पादन गरेका सामग्री बिक्री र तिनलाई आवश्यक कृषिजन्य सामग्री एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले आवश्यक सहयोग गरेको गाउँपालिका अध्यक्ष श्रवण जिसीले बताए ।

गाउँपालिकाले तरकारी पकेट क्षेत्रको रूपमा सहकारीको सेवा क्षेत्रलाई विकास गर्नेसमेत जिसीको भनाइ छ ।

सहकारी स्थापनाको पाँच वर्षमा सुनकोशी गाउँपालिका– १ र २ का कृषकको सारथि बन्न सफल भएको संस्थाका अध्यक्ष आचार्यको दाबी छ । ‘कृषकलाई सबै प्रकारका बिउ, मलसँगै पशुपालनका लागि सरल कर्जा र बिमा व्यवस्था गरिएको छ’, आचार्यले भने, ‘यो वर्ष एक घर एक टनेल र प्लास्टिक पोखरीले पूर्णता पाउनेछ ।’

सहकारीकै समन्वयमा गत महिना माटो परीक्षणसमेत गरिएको थियो । सोही कार्यक्रममा कृषि ज्ञान केन्द्र धुलिखेलबाट प्राप्त कृषि उपकरण कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो । सुनकोशी गाउँपालिका–१ र २ का कृषकलाई ३८ वटा मिनिटे«लर, १० वटा मकै पिस्ने मेसिन, मकै छोडाउने कन्सेलर, त्रिपाललगायत सामग्री वितरण गरिएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्