ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्वचालित क्लियरिङ कात्तिकबाट

२०७८ बैशाख, १९  
१० वर्ष अघि
NA

चेकमार्फत गरिएको कारोबार भुक्तानीको लक्षित व्यक्तिले एकै दिनमा पाउन सक्ने स्वचालित विद्युतीय क्लियरिङ हुने भएको छ । बैंकहरूबीच भुक्तानीका लागि आदानप्रदान हुने बैंकहरूको अहिले भइरहेको म्यानुअल क्लियरिङलाई आउँदो कात्तिकदेखि यस्तो अटोमेटेड (स्वचालित) प्रणाली प्रचलनमा आएपछि क्लियरिङका लागि बैंकहरूले चेक बोकेर राष्ट्र बैंक धाउनुपर्ने बाध्यताको अन्त्य गरेको छ ।

दुई वर्षअघि दर्ता भएको नेपाल क्लियरिङ हाउस कम्पनीले यसका लागि प्रक्रिया अघि बढाएको थियो । अब यो कार्यान्वयन हुने अवस्थामा पुगेको छ । चेक क्लियरिङको काम अहिले राष्ट्र बैंकले गर्दै आएको छ ।

क्लियरिङ स्वचालित भएपछि विद्युतीय माध्यमबाटै नेपालभरका बैंकहरूले कम्पनीमार्फत् चेक क्लियरिङ गराउन सक्नेछन् । र, राष्ट्र बैंकले विद्युतीय प्रणालीबाटै भुक्तानी दिनेछ । आवश्यक सफ्टवेयर जडान गरेपछि विद्युतीय क्लियरिङ सञ्चालनमा आउने नेपाल क्लियरिङ हाउसका प्रबन्ध निर्देशक रवीन्द्रबहादुर मल्लले बताए ।

अहिले एक बैंको चेक कुनै अर्को बैंकमा भएको खातामा जम्मा भई भुक्तानीयोय हुनका लागि कम्तीमा तीन दिन कुर्नुपर्छ । यही कारणले पनि चकको कारोबार कम हुने गरेको छ । क्लियरिङ स्वचालित भएपछि भुक्तानी छिटो प्राप्त हुने भएकाले चेकप्रतिको विश्वसनीयताका साथै यसको प्रयोग बढ्ने नेपाल क्लियरिङ हाउसका अध्यक्ष तथा लक्ष्मी बैंकको सीइओ सुमन जोशी बताउँछन् । ‘यसबाट जति आकारको कारोबारका लागि होस् नगद बोक्नुपर्ने झन्झटको अन्त्य हुन्छ । यसले चेकको प्रयोग बड्ने र नगद कारोबार घट्ने हुँदा बजारमा तरलताको समस्या हुँदैन ।’

वर्ष ५, अंक ४२, २०६७, जेठ असार ७–१३

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्