ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

२०७८ बैशाख, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १९, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतवार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले ८ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ७७१ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ८३३ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले जेठ २ गते बिहान ११ बजे होटेल इच्छा, बारा, सिमरामा साधारण सभा गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्