ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बेष्ट फाइनान्सको २४ औं वार्षिक साधारण सभा स्थगित 

२०७८ बैशाख, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १९, काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले वैशाख ३१ गते आव्हान गरेको २४ औं वार्षिक साधारण सभा स्थगित गरेको छ । 

उपत्यकामा जारी निषेधाज्ञाका कारण अर्को सूचना प्रकाशित नभएसम्मका लागि सभा स्थगित गरेको जानकारी कम्पनीले आइतवार सूचनामार्फत गराएको हो । 

कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धि प्रस्ताव सहित सञ्चालनको निर्वाचन गर्नका लागि सभा आव्हान गरेको थियो । सभा प्रयोजनका लागि कम्पनीले वैशाख १९ गते (एक दिन) बुक क्लोज गर्ने बताएको छ । बुक क्लोजको मिति भने यथावत नै रहनेछ । 

बुक क्लोजको आधारमा वैशाख १६ गतेसम्म कायम शेयरधनीहरु मात्र यस कम्पनीको साधारण सभामा भाग लिन योग्य हुनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्