ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेशनल लाईफ र नागरिक लगानी कोषको संस्थापक शेयर आजदेखि लिलामीमा 

२०७८ बैशाख, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १९, काठमाडौं । आइतवारदेखि नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४७ हजार ५०६ र नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । 

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर वैशाख २४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने गरी लिलामीमा आएको हो । 

कम्पनीले नेशनल लाईफ इन्स्योरेन्सको शेयरको मूल्य प्रतिकित्ता रू. ४४३ र नागरिक लगानी कोषको शेयरको मूल्य प्रतिकित्ता रू. १ हजार ३४७ तोकेको छ । तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

तोकिएको भन्दा कम मूल्य अंकित गरी पेश गरिएको बोलपत्र स्वतः रद्द हुने कम्पनीको भनाइ छ । यी शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्न सकिनेछ । 

यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली, काठमाडौं तथा विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतको शाखा कार्यालयमा बोलपत्र आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्