ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रुकुम उद्योग वाणिज्य संघको बेरुजु करीब २१ लाख 

२०७८ बैशाख, १९  
कर्णाली प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

वौशाख १९, रुकुम । रुकुम उद्योग वाणिज्य संघको बेरुजु करीब २१ लाख रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७३/ ७४ देखि विभिन्न व्यक्तिले संघबाट २० लाख ८५ हजार रुपैयाँ लिएर फस्र्यौट गरेका छैनन् ।  संघको १३ औं वार्षिक साधारणसभामा पेस गरिएको प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७४/ ०७५ भित्र सबै बेरुजु असुल उपर गर्नुपर्ने उल्लेख थियो ।

तर त्यसको तीन वर्ष बित्दासमेत कार्य समितिका सदस्यले पेस्की लिएको ९ लाख ७५ हजार रुपैयाँ फिर्ता गरेका छैनन् ।त्यस्तै करदाता सेवा शुल्क बापतको १२ हजार रुपैयाँ र एक गाउँ, एक उत्पादन कार्यक्रमको ३ लाख २८ हजार रुपैयाँ पनि बेरुजु रहेको छ ।

कृषि मन्त्रालयले उद्योग वाणिज्य महासंघ मार्फत एक गाउँ, एक उत्पादन कार्यक्रमका लागि बजेट पठाएको थियो । आर्थिक वर्ष २०७४/ ०७५ मा ७ लाख ६८ हजार रुपैयाँ पनि बेरुजु देखिएको छ ।

संघको विवाद मिलाउन बनेको समितिका सदस्य डिलबहादुर केसीले उक्त प्रतिवेदन साधारण सभामा पेस गरेका थिए । संघले यसअघि तोकेको विसं २०७५ असार २२ गतेको साधारण सभा विवादपछि स्थगित भएको थियो ।

आर्थिक अनियमितता भएको भन्दै व्यवसायीले साधारणसभा अघि बढ्न नदिएपछि विशेष समिति गठन गरिएको थियो । पहलबहादुर खड्का संयोजक रहेको समितिले साधारणसभा गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्