ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तीन ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि

२०७८ बैशाख, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १९, काठमाडौं ।तीन ओटा कम्पनीको शेयरमूल्य आइतवार उच्च दरले वृद्धि भएको छ । सबैभन्दा बढी महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको हो । 

त्यसैगरी, विशाल बजार कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशत र सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमूल्य ९ दशमलव ९२ प्रतिशतले वृद्धि भएको हो ।

यी तीन ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो महिला लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार ४३७, विशाल बजार कम्पनीको रू. ५ हजार ६०८ र सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य रू. ३९९ पुगेको हो । 

महिला लघुवित्तले आइतवार तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा उल्लेख्य रुपमा वृद्धि भएको सार्वजनिक गरेको छ । सोही कारण पनि शेयरमूल्य बढेको हो । कम्पनीको शेयरमूल्य कारोबारमा आएको तेस्रो दिनदेखि सर्किट लेबलमा वृद्धि हुँदै आइरहेको छ । 

सिंगटी हाइड्रो इनर्जीको शेयर कारोबारमा आएको आज तेस्रो दिन हो । शेयरमूल्य बढेसँगै यस कम्पनीको शेयरमा पनि लगानीकर्ताको आकर्षण बढेको छ । सोही कारण विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्